२ कार्तिक २०८३, सोमबार

जुत्ता भित्र लुकाइएको ७१६ ग्राम कस्तुरीको विना जस्तो वस्तुसहित कोरियन नागरिक पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असार । प्रहरीले ७१६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलोसहित कोरियन नागरिकलाई पक्राउ गरेको छ ।

वुधबार कोरियन एयरको उडानद्वारा कोरिया जान लागेका यात्रु जुङ जोन जुनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षको ह्‍याण्ड व्यागेज चेकिङ एरियामा सुरक्षा चेकजाँचका क्रममा पक्राउ गरिएको हो ।

उनले जुत्ता भित्र लुकाएको बिना जस्तो वस्तु बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार, काठमाडौँमा पठाएको छ ।