शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

काठमाडौँ उपत्यकामा १४ जनामा हैजा पुष्टि

दैनिक नेपाल २०७९ असार १५ गते १६:५०

काठमाडौँ, १५ असार । काठमाडौं उपत्यकामा हालसम्म १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।

पहिलोपटक हैजा देखिएको १३ दिनको बीचमा १४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले उपत्यकामा असार २ देखि वुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको जनाएकी छन् ।

उनका अनुसार आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाइ जिवाणु भेटिएको उनको भनाइ छ ।

मन्त्रालयले हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान आग्रह समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित