शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बैंकिङ कसूरमा १० लाख जरिवानासहित एक महिना कैद तोकिएकी फरार अभियुक्त पक्राउ

दैनिक नेपाल २०७९ असार १५ गते १६:४३

चितवन, १५ असार । बैंकिङ कसूरमा जरिवाना र कैद सजाय तोकिएकी एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

चितवनको शिवनगर वडा नं. ८ स्थायी घर भई हाल जिल्ला काठमाडौँ महानगर वडा नं.२ बस्ने बर्ष ४१ की बबिता पन्त पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले पौडेललाई जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी अनुचित लाभ लिई कर्जा दिई बैकिङ श्रोत, साधन र सम्पतिको दुरुपयोग गरी कर्जा प्रवाह गरेको ठहर गर्दै २०७१ माघ २९ गते १० लाख रुपैयाँ जरिवाना र एक महिनाको कैद सजाय तोकेको थियो ।

अदालतको फैसलापछि फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार सिनामंगल, काठमाडौँबाट पक्राउ गरेको हो ।

ब्यूरोले अदालतको फैसला कार्यान्वयनको लागि पौडेललाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित