बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

८ दिनदेखि हराइरहेका एक बालक ढलमा जीवितै फेला

दैनिक नेपाल २०७९ असार १५ गते १५:१९

जर्मनीमा ८ दिनदेखि हराइरहेका एक बालक ढलमा जीवितै फेला परेका छन् । बीबीसीका अनुसार जोइ नामले चिनिने ती बालक १७ जुनमा पारिवारिक बगैँचाबाट हराएका थिए ।

जसका कारण प्रहरीले उनको ठूलो खोजी गरेको थियो । उनी २५ जुनमा बिहान फेला परेका थिए । एक पैदल यात्रीले ढलको ढकनीको प्वालबाट मन्द आवाज सुनेपछि उद्धार कार्य सुरु भएको थियो ।

करिब १० मिनेटपछि दमकल र आकस्मिक चिकित्सकको टोली घटनास्थलमा पुगेको थियो । न्युजवीकका अनुसार सडकमा ढलको ढकनी उचालेपछि अग्नि नियन्त्रक ढल मुनि झरेर बालकलाई माथि तानेका थिए । उक्त स्थान उनको घरबाट ३०० मिटर टाढा थियो ।

सुक्ष्म रूपमा मानसिक असन्तुलित ती बालक लामो समयसम्म कसरी बाँचे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरेको छ ।-बीबीसी

प्रतिक्रिया
सम्बन्धित