बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

विवादित मन्त्री विमला वलीद्वारा राजीनामा

दैनिक नेपाल २०७९ असार १५ गते १२:५१

काठमाडौँ, १५ असार । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् ।

पटक पटक विवादमा आइरहेकी मन्त्री वलीले वुधबार मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा दिएकी छन् ।

केही दिन अघि दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमै गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेपछि उनको चौतर्फी आलोचना भएको थियो ।

नेकपा (एमाले)ले तत्कालै मन्त्री वलीको राजीनामा माग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित