
काठमाडौँ, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री देउवाले मंगलबार राष्ट्रपति भण्डारीसँग शीतलनिवास पुगेर भेटवार्ता गरेका हुन् ।
उनीहरुबीच नियमित भेट भएको देउवाका प्रेस सल्लाहाकार गोविन्द परियारले जनाएका छन् ।
करिब २ घण्टाको भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई सरकारको काम कारवाहीका बारेमा जानकारी गराएका बताइएको छ ।
भेटमा राष्ट्रपति भण्डारीले मलको दीर्घकालीन समस्या हल गर्नका लागि सरकार समक्ष आग्रह गरेकी थिइन् ।















प्रतिक्रिया