शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दक्षिण कोरियामा छायांकन भएको ‘तिमीलाई माया’ सार्वजनिक

दैनिक नेपाल २०७९ असार १४ गते २१:०८

काठमाडौँ । दक्षिण कोरियामा रहेका कलाकारहरुको सक्रियतामा निर्मित ‘तिमीलाई माया’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक उत्तम मगरको स्वरमा सजिएको यस गीतमा देवेन्द्र पुनको शब्द, संगीत रहेको छ भने यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन् ।

भिडियोमा सोनाम शेर्पा, मौसमी गुरुङ (डार्क एन्जल) र रजनी राईको अभिनय रहेको छ । युवा प्रेम र आकषर्णलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोमा मायाप्रेम, शंका र सम्बन्धलाई रचनात्मक तवरले देखाउन खोजिएको छ ।

दक्षिण कोरियाका बिभिन्न पर्यटकिय आकर्षण बोकेका ठाउँहरुमा छायाङ्कन गरिएको भिडियोको निर्देशन मौषमीले गरेकी हुन् भने सम्पादन विजेश पौडेलले गरेका हुन । भिडियो डेमो क्रियशनको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

भिडियोः

प्रतिक्रिया
सम्बन्धित