शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बाजुराको बुढीगंगामा पुनः मतदान गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश

दैनिक नेपाल २०७९ असार १४ गते २१:०२

काठमाडौँ, १४ असार । सर्वोच्च अदालतले बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान रोक्न माग गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले आज उक्त आदेश जारी गरेको हो ।

निर्वाचन आयोगले बूढीगङ्गामा यही असार २३ गते पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

आयोगको उक्त निर्णयविरुद्ध उक्त नगरपालिकाका दलबहादुर सावदले रिट निवेदन दायर गर्दै पहिला भएको मतदानको मतगणना गर्नुपर्ने माग गर्नुभएको थियो ।

अदालतको आदेशसँगै असार २३ गते उक्त नगरपालिकामा निर्वाचन गर्न बाटो खुलेको छ ।

निर्वाचन आयोगले उक्त नगरपालिकामा गत ३० वैशाखको मतदान रद्द गरी यही २३ असारमा पुनः मतदानको निर्णय गरेको थियो ।

रिट निवेदनमा यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गरिएको थियो । –रासस

प्रतिक्रिया
सम्बन्धित