शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

जनदवावले सरकारले एसपीपी रोकेको हो, अर्को जाल गरेर सामेल हुनसक्छ: ओली

दैनिक नेपाल २०७९ असार १४ गते १८:५०

काठमाडौँ, १४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले अमेरिकन स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि बढाउन चाहेको बताएका छन् ।

ओलीले सन् २०१९ मा आफ्नो नेतृत्वको सरकारले एसपीपी अघि नबढाएको स्पष्ट पार्दै अहिलेको सरकारले घात सम्झौता गरेको बताए ।

अहिले गटबन्धन सरकारले एसपीपी अघि बढाउन खोजेको र सार्वजनिक भएको १० बुँदे मस्यौदा घातक भएको अध्यक्ष ओलीको भनाइ छ ।

सरकार जनदवावका कारण मात्रै पछि हटेको बताउँदै अध्यक्ष ओलीले भने, ‘गठबन्धनका मान्छेहरु, जो एमसीसीमा हुन्छ भनेर हात उठाउनेहरु छन्, सबै यसमा सरिक छन् । जनदबावले गर्दा स्थगित गरेका हुन्, भेल सान्त हुने वित्तिकै जसरी जाल लिएर माझीहरु पुग्छन्, त्यसरी अर्को जाल लिएर सामेल हुनेछन् ।’

प्रतिक्रिया
सम्बन्धित