शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

वामदेवको पार्टीमा सुरुमै विवाद, एमालेकी नेतृलाई केन्द्रीय सदस्य बनाइएपछि आपत्ति

दैनिक नेपाल २०७९ असार १४ गते १८:०३

काठमाडौँ, १४ असार । नेकपा (एमाले) धादिङ जिल्ला कमिटी सदस्य अप्सरा उप्रेतीले वामदेव गौतमको पार्टीमा आफूलाई पार्टीको केन्द्रीय सदस्यमा राखेकोमा आपत्ति जनाएकी छन् ।

उप्रेतीले गौतम नेतृत्वको पार्टीमा संलग्न नरहेको र कथित एकता अभियानसँग सहमति नरहेको स्पष्ट पारेकी हुन् ।

गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय पार्टीको केन्द्रीय सदस्यमा राखिएकोमा उनले विरोध जनाएकी हुन् ।

उनले आफूलाई बदनाम गराउने उद्देश्यले आफ्नो नाम राखिएको दावी गरेकी छन् ।

उप्रेतीले वक्तव्यमार्फत भनेकी छन्, ‘मेरो नाम उक्त पार्टीमा कसरी आयो भन्ने कुरा मलाईसमेत थाहा छैन । म हिजो पनि नेकपा एमालेको जिम्मेवार नेतृ हो र आज पनि नेकपा एमालेकै नेतृ हो । कसैले नियोजित रुपमा मेरो नाम दुरुपयोग गरेर फसाइएको छ । नेकपा एमालेका आम नेता–कार्यकर्ताहरुमा यो जानकारी गराउन चाहन्छु ।’

गौतमको पार्टीले उप्रेतीको नाम ६६ औँ नम्बरमा राखेको थियो ।

प्रतिक्रिया
सम्बन्धित