१ कार्तिक २०८३, आइतबार

धान दिवसमा आफैँ धान रोप्दै अध्यक्ष ओली

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असार । राष्ट्रिय धान दिवसका अवसरमा नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफैँ रोपाईंमा सहभागी हुने भएका छन् ।

एमाले भातृ संगठन अखिल नेपाल किसान महासंघले दिवसको अवसरमा वुधवार आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले सहभागी भइ धान रोप्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम वुधबार दिउँसो १२ बजे भक्तपुरको सिरुटारमा हुने किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले जनाएका छन् ।

कार्यक्रममा अध्यक्ष ओलीले मेसिनबाट धान रोप्नेछन् । ‘आम किसानको हौसला बृद्धि गर्न अध्यक्ष कमरेड रोपाई महोत्सवमा सहभागी भई मेसिनबाट धान रोप्नुहुनेछ,’ दंगालले भने ।

१९औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वसको अवसरमा महासंघले भक्तपुरको सिरुटारमा ५ रोपनी जग्गामा रोपाई गर्ने भएको हो ।

महासंघले धानमा जैविक विविधताको उपयोग, आयात प्रतिष्थापनमा सहयोग भन्ने मूल नाराका साथ रोपाई महोत्सवको मनाउने भएको हो ।