शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बामदेवको पार्टीमा ७ उपाध्यक्ष रहने

दैनिक नेपाल २०७९ असार १४ गते १६:३२

काठमाडौँ, १४ असार । बामदेव गौतमले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीमा ७ जना उपाध्यक्ष र एक जना महासचिव रहने भएका छन् ।

मंगलबार नयाँ पार्टीको घोषणा भएको गौतमको पार्टीमा एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना उपाध्यक्ष र एकजना महासचिव हुनेछन् ।

त्यस्तै एकजना उपमहासचिव, एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहने गौतमले बताए । उनका अनुसार दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी हुनेछ ।

यद्यपि गौतमले पदाधिकारी घोषणा गरेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित