बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेप्से ११ अंकले गिरावट

दैनिक नेपाल २०७९ असार १४ गते १६:२८

काठमाडौँ, १४ असार । आज सेयर बजार ११.८२ अंकले घटेको छ । ०.६१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९२१.३१ अंकमा आएको छ ।

२ सय ३० वटा कम्पनीको आज ३० लाख ३७ हजार ६ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ५ करोड ८२ लाख ४६ हजारको कारोबार भयो । हिजो कारोबार २ अर्ब नाघेको थियो ।

सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य बढ्यो । सो कम्पनीको ९.९९ प्रतिशत सेयर मूल्य वृद्धि भएको हो । ७ करोड ३१ लाख ३३ हजार २ सय रूपैयाँको कारोबारसहित एशियन लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी बन्यो ।

प्रतिक्रिया
सम्बन्धित