१ कार्तिक २०८३, आइतबार

सर्लाहीमा लागूऔषधसहित दुई जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १४ असार । सर्लाहीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लालबन्दी नगरपालिका १ भित्री सडक खण्डको गोरु बजारबाट मोटरसाइकलमा सबार दुई जनालाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ ।

ना ३७ प ४८९५ नम्बरको मोटरसाइकलमा सबार स्थानीय २० बर्षीय जितेन्द्र कुमार महतो र पछाडि सबार २४ बर्षीय रबीन कुमार महतोलाई गाँजासहित पक्राउ गरिएको छ । दुबैको साथबाट १० किलो गाँजा बरामद भएको छ । उनीहरुले स्याउको खालीकार्टुनभित्र गाँजा राखेका थिए ।