बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

टिकटकमा चम्किएका सेलिब्रिटी निरौला

दैनिक नेपाल २०७९ असार १४ गते १३:०७

इटहरी। कुनै पनि सफलता प्राप्ति नभएसम्म त्यो असम्भव जस्तै लाग्छ भन्ने नेल्शन मण्डेलाको धारणा जस्तै छ सुनसरी इटहरी–४का कृष्ण निरौलाको पछिल्ला केही बर्षका दिनचर्या।

व्यापार व्यावसायमा रमाइरहेका उनले सामाजिक सञ्जालमा टिकटकलाई समातेपछि चर्चाको लयतिर मोडिए। आफूभित्र रहेको कलाकारितालाई प्रस्तुत गर्ने फोरम पाएका उनले त्यो हुटहुटी टिकटकमा मेट्न थाले तर कति सफल बनिन्छ भन्ने हेक्का राखेका थिएनन्। टिकटकमा जोडिएका करोडौं मध्य नेपालमा भने उनी चल्तीका व्यक्ति पर्छन्। निरौला अब ‘टिकटक सेलिब्रिटी’ बनेका छन्।

‘यो तहको चर्चा पाइन्छ भन्ने लोभले होइन, अभिनय गर्ने रुची सानैदेखि थियो तर अन्य विषयले गर्दा त्यता ध्यान दिन पाइएको थिएन। अहिले सामाजिक सञ्जालको यो फोरम पाउनासाथ त्यहि तिर्खा मेटेको हुँ’, निरौला भन्छन्,‘तर प्रयोगकर्ताहरूले मन पराइदिनु भयो, फलो गरिदिनुभयो। माया गरिदिनुभयो।’

टिकटकमा उनका ७ लाख १२ हजार फलोअर पुगेका छन्। उनका भिडिओ र अभिनयलाई दर्शकले व्यापकताका साथ मन पराउने गर्छन्। ‘अब चासो राखेर भिडिओ पर्खिनेका लागि भए पनि मिहेनतका साथ नयाँ नयाँ सृजनात्मक अभिनय दिन रहर लाग्छ, यो मायालाई टिकाइराख्नका लागि त्यति मिहेनत गर्नुपर्छ भन्ने लाग्छ’, निरौला भन्छन्।

जो मनोरञ्जनका क्षेत्रमा चर्चित हुन्छन् ति सेलिब्रिटी हुन् भन्ने क्याम्ब्रिज डिक्शनरीको व्याख्याको घेराभित्र परिसकेका निरौला चालिस कटिसकेपछि आफूभित्र रहेको कलामा मन्त्रमुग्ध भएका हुन्

रोयल मिस्टर क्रिस नामको आइडीबाट उनी टिकटकमा छिरेका थिए, त्यहि नामले उनलाई चर्चाको चुलीमा कायम राखेको छ। अचेल मनोरञ्जनात्मक मात्र नभएर सामाजिक चेतनामूलक सन्देश भएका भिडिओ बनाउने, अभिनय गर्ने क्रम पनि बढाएका निरौला भन्छन्,‘दर्शक, फलोअरको कस्तो माग हुन्छ त्यसैअनुसार पनि भिडिओ बनाउने गरिन्छ।’ खासगरी म्यासेज र कमेन्टमा भिडिओको माग हुने गरको उनको अनुभव छ।

‘सेलिब्रिटी भन्ने उपमा अरुले दिनुभएको हो तर मैले रुचीलाई सामाजिक सञ्जालमा प्रदर्शन गरेको थिएँ। यो रुची विस्तारै अन्य लाखौंको मनोरञ्जनको कारण बन्यो। विस्तारै यहि रुची अब अन्यका लागि निरन्तर प्रदर्शन गर्नुपर्ने समय पनि बन्यो’, उनी सुनाउँछन्।

जो मनोरञ्जनका क्षेत्रमा चर्चित हुन्छन् ति सेलिब्रिटी हुन् भन्ने क्याम्ब्रिज डिक्शनरीको व्याख्याको घेराभित्र परिसकेका निरौला चालिस कटिसकेपछि आफूभित्र रहेको कलामा मन्त्रमुग्ध भएका हुन्। अहिले उनले बनाएका भिडिओमा लाखौंले मनोरञ्जन गर्छन्। अहिले उनको यो कलाको बाटोमा पत्नी र दुई छोराले पनि रुचीकर अभिनय गर्न थालिसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित