बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एक करोड २ लाख जरिवानासहित कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

दैनिक नेपाल २०७९ असार १४ गते १३:०४

काठमाडौँ, १४ असार । बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले रामेछापको सुनपाती गाउँपालिका वडा नं.४ स्थायी घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटी बस्ने बर्ष ४३ का बिनोद लामा भन्ने बिनोद घिसिङलाई पक्राउ गरेको हो ।

उनमाथि मेगा बैंक लिमिटेड बौद्ध शाखामा रहेको आफ्नो खाताहरुबाट रकम भुक्तान हुने भनी बैंक खाताहरुमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्याएको आरोप थियो ।

घिसिङले चेक लेखेको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसूरमा २०७८ पुष २७ गते एक करोड २ लाख ५० हजार नगद जरिवाना र २१ दिन कैद सजाय तोकेको थियो ।

घिसिङलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम सजाय र जरिवाना तोकिएपछि फरार थिए ।

अदालतको फैसला कार्यान्वयनका लागि ब्यूरोबाट परिचालित टोलीले उनलाई मंगलबार जोरपाटीबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँमा बुझाए जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित