१ कार्तिक २०८३, आइतबार

सुडानी नागरिकको हत्याविरुद्ध संयुक्त राष्ट्रसङ्घमा उजुरी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खार्तुम, १४ असार । सुडानले आफ्ना नागरिकको हत्याका विरुद्धमा इथियोपियालाई विपक्षी बनाएर संयुक्त राष्ट्रसङ्घमा उजुरी गर्ने भएको छ । केही समयअघि इथियोपियामा सात जना सुडानी सैनिकको हत्या भएको विषयलाई लिएर सुडान सरकारले सोमबार सो निर्णय गरेको हो ।

सुडान सरकारका प्रवक्ताका अनुसार उक्त विषयमा यहाँस्थित इथियोपियाली राजदूतलाई बोलाएर सुडानले जानकारी दिइसकेको छ । सुडानले पनि अदिसअबाबाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ ।

सुडानले लामो समयदेखि नै आफ्ना सैनिक र एक सर्वसाधारणको हत्याको छानबीन गरी त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएको थियो । इथियोपियाले त्यस विषयमा कुनै चासो नदिएपछि सुडानले इथियोपियाविरुद्ध संयुक्त राष्ट्रसङ्घमा नै उजुरी दर्ता गर्न लागेको हो ।–रासस