बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

जसपाका उपेन्द्र यादवले मन्त्री हेरफेर गर्दै

दैनिक नेपाल २०७९ असार १४ गते १२:३६

काठमाडौँ, १४ असार । जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री हेरफेर गर्ने भएको छ ।

जसपाका संघीय परिषदका संयोजक डा. बाुबराम भट्टराई अलग हुन खोजिरहेका बेला संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी गरेको हो ।

अध्यक्ष उपेन्द्र यादवले सोमबार साँझ कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक छलफलमा मन्त्री हेरफेर गर्नेबारे जानकारी गराएका थिए ।

जसपाले कृषिमन्त्री महेन्द्र राय यादवलाई हटाउने निश्चित छ । डा. भट्टराईको पक्षमा लागेका उनलाई संस्थापन पक्षका बैठकमा अनुपस्थित रहेका छन् ।

सोमबारको छलफलमा पनि उनी अनुपस्थित थिए ।

प्रतिक्रिया
सम्बन्धित