१ कार्तिक २०८३, आइतबार

जसपाका उपेन्द्र यादवले मन्त्री हेरफेर गर्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असार । जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री हेरफेर गर्ने भएको छ ।

जसपाका संघीय परिषदका संयोजक डा. बाुबराम भट्टराई अलग हुन खोजिरहेका बेला संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी गरेको हो ।

अध्यक्ष उपेन्द्र यादवले सोमबार साँझ कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक छलफलमा मन्त्री हेरफेर गर्नेबारे जानकारी गराएका थिए ।

जसपाले कृषिमन्त्री महेन्द्र राय यादवलाई हटाउने निश्चित छ । डा. भट्टराईको पक्षमा लागेका उनलाई संस्थापन पक्षका बैठकमा अनुपस्थित रहेका छन् ।

सोमबारको छलफलमा पनि उनी अनुपस्थित थिए ।