शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

विराटनगरमा पस्यो बाढी

दैनिक नेपाल २०७९ असार १४ गते १२:३०


फाइल तस्वीर

काठमाडौँ, १४ असार । अविरल भएको वर्षाका कारण विराटनगरमा बाढी पसेको छ ।

मंगलबार विहानको वर्षासँगै सिंघिया खोलाको बाढी विराटनगर महानगरपालिका वडा नं. ८ को खोला किनारका बस्तीमा पसेको हो ।

खोलाका बाढीका कारण २५ परिवार विस्थापित भएका छन् ।

विस्थापितलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, खोला छेउका अन्य बस्ती पनि डुबानको जोखिममा रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित