बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

गुडिरहेको ट्रकमा आगलागी भएपछि…

दैनिक नेपाल २०७९ असार १४ गते १२:१०

काठमाडौँ, १४ असार । सप्तरीमा गुडिरहेको मालबाहक ट्रकमा अचानक आगलागी हुँदा ट्रकको अगाडिको भाग पूर्ण रुपमा क्षति भएको छ ।

सोमबार मध्यरातमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित धकंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.६ख ५२६३ नम्बरको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रकको वाइरिङ सर्ट भएर आगलागी भएको हो ।

आगलागीका कारण केहीबेर राजमार्ग अवरुद्ध समेत भएको थियो ।

नेपाल तथा सशस्त्र प्रहरी एवम् हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलको आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित