१ कार्तिक २०८३, आइतबार

ड्युटी सकेर घर फर्किरहेका डाक्टरलाई ट्राफिक प्रहरीले कुटेपछि….

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असार । एक ट्राफिक प्रहरीले फुटपाथमा हिँडिरहेका डाक्टरलाई कुटपिट गरेका छन् ।

आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत ३१ वर्षीय डा. कुलबहादुर घिसिङलाई ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले ललितपुरको एकान्तकुना यातायात जाने बाटोमा कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते डा। घिसिङ अहिले अल्का अस्पतालमा उपचाररत् छन् ।

उनी र उनका आफन्तले घटनामा संलग्न ट्राफिक प्रहरी जवानलाई कारबाहीको माग गरेका छन् । साथै उपचार खर्च दिलाउन पनि माग गरिएको छ ।