शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

रियल म्याड्रिडका बेल अमेरिकी क्लबमा अनुबन्धित

दैनिक नेपाल २०७९ असार १४ गते ८:२१

काठमडौं, १४ असार । स्पेनिस क्लब रियल म्याड्रिडका ग्यारेथ बेल अमेरिकी मेजर लिग सकर क्लब लस एन्जलस फुटबल क्लब (एलएएफसी) मा अनुबन्धित भएका छन् ।

वेल्सका कप्तान रहेका ३२ वर्षीय बेल फ्री एजेन्टमार्फत लस एन्जलसमा एक वर्षको लागि अनुबन्धित भएका हुन् । लस एन्जलसले सोमबार बेल क्लबमा अनुबन्ध भएको घोषणा गरेका छन् । उनी सन् २०२३ सम्म लस एन्जलसमा रहनेछन् । बेलले लक्षित रकममार्फत थप एक वर्षको विकल्पसहित सम्झौता गरेका हुन् ।

यसको अर्थ उनले अझै अर्को एक वर्ष अमेरिकी क्लबमै खेल्ने सम्भावना छ । यसका लागि लस एन्जलसले इन्टर मियामीलाई जनरल एलोकेसन मनीमार्फत ७५ हजार अमेरिकी डलर पठाएको छ ।

लस एन्जलसका सह–अध्यक्ष तथा महाप्रवन्धक जोन थोरिंगटनले बेल आफ्नो पुस्ताको सबैभन्दा गतिशिल र रोमाञ्चक आक्रमणकारी खेलाडीमध्ये एक रहेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित