शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

फोटो खिच्ने भन्दै चालकलाई चक्कु प्रहार गरी कार लुट्ने तीन पक्राउ

दैनिक नेपाल २०७९ असार १३ गते २०:३०

कैलाली, १३ असार । प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको कारका चालक कञ्चनपुर बेदकोट नगरपालिका–३ बस्ने ३७ वर्षीय लोकेन्द्र भण्डारीलाई अपरिचित तीन जनाले कुटपिट गरी कार लिएर भाग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुर भिमदत्त नगरपालिकाबाट डडेलधुरा आलितालतर्फ जाँदै गरेको उक्त कार कैलाली गोदावरी नगरपालिका–४ गाईमारेमा आईपुग्दा भिमदत्त नगरपालिकाबाटै सोही कारमा खानीडाँडासम्मको लागि लिफ्ट मागी आइरहेका ती ३ जनाले चालकलाई फोटो खिच्ने बहानामा सडकदेखि ५० मिटर तल लगेर कुटपिट समेत गरी उनको मोबाइल, पर्स र कार समेत लिएर भागेका थिए ।

प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हरियाणाका २१ वर्षका भगत सिंह, १७ वर्षका साहिल बादलिसे र २० वर्षका सन्नी जेटलाई पक्राउ गरी मालाखेती प्रहरी कार्यालय राखेको छ । उनीहरू माथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित