शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

झलनाथलाई भट्टराईको कटाक्षः सूर्य अंकित झण्डा देख्दा जीउ सिरिंग हुँदो हो

दैनिक नेपाल २०७९ असार १३ गते १९:२४

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का केन्द्रीय सदस्य निर्मल भट्टराईले नेकपा एसका नेता झलनाथ खनाललाई एमालेको झण्डा देख्दा सिरिंग होला भन्दै कटाक्ष गरेका छन् ।

पछिल्लो समय खनालले आफ्ना मानिसहरुलाई मन्त्री बनाउन लागि परेका थिए । त्यति मात्र होइन प्रधानमन्त्री शेरबहादुर देउवालाई चर्को दवाव समेत दिएका थिए ।

नेता भट्टराईले खनालले आफ्नो उत्तरार्द्धमा पनि पावर देखाउँदै आफ्नो मिसनमा सफल भएको टिप्पणी गरेका हुन् ।

उनले आफ्नो गृहजिल्ला इलाममा एमालेसँग मिलेर कांग्रेसलाई निषेध गरेको उल्लेख गर्दै भट्टराईले आगामी संसदीय निर्वाचन जित्नका लागि खनालले बाम एकताको बाँसुरी बजाउन थालेको टिप्पणी गरेका छन् ।

खनालका पूर्वसल्लाहकार समेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत खनालको नियतलाई प्रष्ट्याउन खोजेका हुन् ।

उनले एमालेको सूर्य अंकित फोटोहरु आफ्नो घरमा देख्दा खनाललाई जीउ सिरिंग हुँदो हो, हिनताबोध हुँदो हो भन्दै कटाक्ष गरेका छन् ।

पछिल्लो समय खनालले गठबन्धनप्रति असन्तुष्टि राख्दै आएका छन् भने संसदीय निर्वाचनमा बाजी मार्न एमालेको साथ लिन खोजेका छन् ।

यस्तो छ भट्टराईले सामाजिक सञ्जालमा राखेको टिप्पणीः

कमरेड झलनाथ खनाल बुढेसकालमा पनि पावर देखाउँदै छन् । माधव नेपालको लैवरी नीतिको विरूद्ध आफ्ना मान्छेलाई मन्त्री बनाउन सफल भए । इलाममा आफ्नो पूर्व पार्टी एमालेसँग इलुइलु गरेर जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसलाई निषेध गरेका खनालले बाम एकताको बककासुरी पनि बजाउन छोडेका छैनन् । संसदीय निर्वाचन आउनै लाग्दा आफ्नो घरमा सूर्य चिन्ह अंकित फोटोहरू विगतमा आफैले लेखेका एमाले दस्तावेज देख्दा जीउ सिरिंग हुँदो हो, हीनताबोध हुँदो हो !

एनकेन प्रकारेण फेरि संसदीय चुनाव जित्नु जो छ !

आफूलाई परेको वेला हरेक नेता मिलनसार, वर्गीय पक्षधर र क्रान्तिकारी बन्ने पुरानै चलन हो ।

प्रतिक्रिया
सम्बन्धित