शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

साढे २ महिनामा आधा दर्जन फिल्म फ्लप

दैनिक नेपाल २०७९ असार १३ गते १८:४५

काठमाडौँ । नेपाली फिल्महरु धमाधाम रिलिज भइरहेका छन् ।

साउनदेखि कार्तिकसम्मको भरिभराउ छ । लकडाउनका कारण चल्न नपाएका फिल्महरु खुरुखुरु रिलिज भइरहेका छन् ।

तर केही सिमित फिल्मबाहेक अन्य फिल्महरुमा भने दर्शकले चाख नदिएको देखिन्छ ।

यस वर्ष करिब एक दर्जन फिल्म रिलिज भएकामा २ वटाले नाफा कमाए भने अन्यले निर्मातालाई थला पारेका छन् ।

वैशाख १ मा रिलिज भएको फिल्म ‘ए मेरो हजुर ४’ले ‘केजीएफ २’सँगको भिडन्तका कारण मुश्किलले लगानी उठायो । यदि यो फिल्म सिरिज नभएको भए निर्माता डुब्ने निश्चित प्राय थियो ।

जेठको १३ गतेबाट रिलिज भएको नेपाली फिल्म ‘कबड्डी ४’ बर्षको पहिलो ब्लकबस्टर फिल्म बन्यो । यो फिल्मले २२ करोड बढी ग्रस गरिसकेको छ र अझै पनि हलमा चलिरहेको छ । यी दुई बाहेक अन्य फिल्ममा दर्शक अडिएनन् ।

‘मन्त्र, षट्कोण, लक्का जवान, लाईफ इन एलए, चिसो मान्छे, घनचक्कर’ लगायतका फिल्ममा दर्शक तानिएनन् । ‘चिसो मान्छे’ समीक्षागत रुपमा चर्चामा आएपनि व्यापारिक रुपमा भने चलेन ।

अहिलेको ट्रेण्ड हेर्दा दर्शकहरुमा मन सिरिजतिर गएको बुझ्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित