
काठमाडौँ, १३ असार । नेपालले अमेरिकालाई अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सहभागी नहुने निर्णयको पत्र पठाएको छ ।
गृहमन्त्री बालकृष्ण खाँण मन्त्रिपरिषदको निर्णयलाई परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको जनाएका छन् ।
उनले सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै भने, ‘अमेरिकन सेना र नेपाली सेनाको बीचमा सहयोग आदन प्रदानको सन्दर्भमा स्टेट पाटनरसिप प्रोग्राम हुन्छ कि भन्ने देशभरि एउटा चर्चाको प्रसंग थियो र सदनमा पनि गम्भीरतापूर्वक छलफल र बहसमा आएको थियो । त्यसपछि मन्त्रिपरिषदले नै स्टेट पार्टरनसिप प्रोग्रामलाई अगाडि बढाइने छैन भन्ने निर्णय गर्यो । त्यो निर्णय हामीले परराष्ट्र मन्त्रालयमार्फत पठाएका छौँ ।’
मन्त्रिपरिषदको ६ असार २०७९ मा बसेको बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो ।















प्रतिक्रिया