
काठमाडौँ, १३ असार । पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिन अनुसार तीन हजार ३५८ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल २०८ जना सक्रिय सङ्क्रमित छन् । सो अवधिमा २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ४०९ पुगेको छ । सङ्क्रमितमध्ये सङ्क्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ















प्रतिक्रिया