शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

मन्त्रीबाट विदा भएका नेकपा एसका ४ नेताले विद्रोह गर्दै

दैनिक नेपाल २०७९ असार १३ गते १६:१२

काठमाडौँ, १३ असार । मन्त्रीबाट विदा भएका नेकपा (एकीकृत समाजवादी)का ४ नेताहरुले विद्रोहको तयारी गरेका छन् ।

यसअघि नै उनीहरु पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध संगठित भएका थिए । तर बहुमत नपुगेपछि ब्याक भए ।

आइतबार मन्त्रीबाट राजीनामा दिएका उनीहरु आजको केन्द्रीय परिषद बैठकमा अनुपस्थित भएर तीव्र असन्तुष्टि देखाएका छन् ।

निवर्तमान मन्त्रीहरु प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसान श्रेष्ठ बैठकमा अनुपस्थिति भएका हुन् ।

यससँगै नेकपा एसभित्र तरंग पैदा भएको छ ।

प्रेम आले र रामकुमारी झाँक्री कुनैपनि बेला विद्रोहको तयारीमा रहेको बताइएको छ ।

विरोध खतिवडाको पनि असन्तुष्टि छ । किसान श्रेष्ठ नेकपा एकता अभियानमा भित्री रुपमा सामेल भएको बताइएको छ ।

एमालेबाट पार्टी फुटाएर नयाँ पार्टी खोलेका नेपालले नेताहरुलाई व्यवस्थापन गर्न नसक्दा पार्टीको भविष्य नै जोखिममा पर्ने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित