१ कार्तिक २०८३, आइतबार

मानुषी लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । मानुषी लघुवित्तले शैक्षिक सामग्री वितरण गरेको छ ।

लघुवित्तले गत शुक्रबार एक कार्यक्रम आयोजना गरी नाम्दु–६, वैतेश्वर, दोलखास्थित वैतेश्वर माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यको उपस्थितिमा शैक्षिक सामग्रीहरु वितरण गरिनुका साथै वित्तीय साक्षरता कार्यक्रम पनि संचालन गरिएको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामग्री वितरण गरिएको हो ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको ईजाजत प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाको काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको छ ।

चालु आर्थिक वर्षमा नै आईपिओ निष्काशन गरेको संस्थाले देशभरी ३४ शाखाहरुबाट १४८ कर्मचारीमार्फत सर्वसाधारणलाई सेवा प्रदान गर्दै आएको जानकारी कार्यकारी प्रमुख शोभा बज्राचार्यले दिए ।