१ कार्तिक २०८३, आइतबार

पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १३ असार । पोखरामा गएराति सवारी दुर्घटना हुँदा पैदलयात्री एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका वडा नं. ३ की ५३ वर्षीया जुनाकुमारी गुरुङ रहेकी छन् ।

आइतबार राति पोखरा महानगरपालिका वडा नं. १३ गौंडाकोमुखमा ९ः५५ बजे ग ११ प ७३८५ नम्बरको मोटरसाइकलले पैदलयात्रामा रहेकी जुनालाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएकी जुनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राति १२ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक लमजुङका २८ वर्षीय विन्तोष गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।