बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

अमर विरहीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

दैनिक नेपाल २०७९ असार १३ गते १०:४४

काठमाडौं । वरिष्ट लोकदोहोरी गायक अमर विरही गुरुङलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ ।

दोस्रो ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०७८’ मा गुरुङलाई सम्मान दिन लागिएको हो । अवार्ड रास्ट्रिय नाचघर जमलमा आइतबारबार आयोजना हुँदैछ । आयोजक ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालीले एक विज्ञप्ती जारी गर्दै अवार्डको तयारी पूरा भएको जनाएको छ ।

समारोहमा ‘दशक कलाकार सम्मान’ करण न्यौपाने, ‘युवा प्रतिभा सम्मान’ सनम कठायत, ‘पत्रकारीता पुरस्कार’ नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, ‘गीतकार सम्मान’ बि पाण्डे र ‘विषेश सम्मान’ आइटी राजेन्द्र अर्याललाई प्रदान गरिनेछ ।

चलचित्र लोक, आधुनिक, लोकदोहोरी लगायत गीतसंगीतका गीत, गायक, गायिका, म्युजिक भिडियो, मोडल, निर्देशक, संगीत, शब्द , सम्पादक लगायत बिभिन्न ४४ बिधा समेटिएका अवार्ड निश्पक्ष बनाउने उदेश्यले कार्यक्रम अगाडि आयोजकले जुरी सदस्य भने सार्वजनिक गरेको छैन ।

४० प्रतिशत भोटिङ, ५० प्रतिशत निर्णायक र १० प्रतिशत आयोजकको नम्बरको आधारमा अवार्ड विजेता छानिने कार्यक्रमका निर्देशक सुनिल बिसीले जानकारी दिए । अवार्ड समारोहमा शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेल समेत अवार्ड समारोहमा सहभागी हुँदैछन् ।

प्रतिक्रिया
सम्बन्धित