५ कार्तिक २०८३, बिहिबार

चालकहरूलाई स्व–अनुशासित बनाउने ट्राफिकमैत्री बोर्डहरू राख्न शुरू

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई सचेतना जगाउन र स्व–अनुशासित बनाउन ट्राफिकमैत्री बोर्डहरू राख्ने अभियान शुरू गरेको छ ।

जनचेतनासँगै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्नेउपर कारवाही अभियानलाई पनि तीव्रता दिएको बताएको छ । काठमाडौँ उपत्यकाको सडकहरूमा ट्राफिक नियम उल्लंघन गरेवापत लाग्ने जरीवानासम्बन्धी लेखिएको सुचनामूलक बोर्डहरू ५७ स्थानमा राखेको छ ।

‘दुर्घटना कम गर्ने र सडक अनुशासन कायम गर्न कानुनमै भए अनुसारको सचेतनाका लागि सूचना टाँस गरेका हौं,’ प्रमुख एसएसपी उमेश राज जोशीले भने, ‘बोर्डमा सवारी नियम जरीवानासम्बन्धी विभिन्न जनचेतनामूलक कुराहरु राखेका छौँ ।’ यसले सडक प्रयोग गर्नेहरुलाइ सचेत गराउने र दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने अपेक्षा ट्राफिक प्रहरीको छ ।

यस्ता बोर्डहरू माईतीघर, सिंहदरबार, पद्मोदय, पुत्तलीसडक, सीतापाईला, हलचोक, सामाखुशी, नयाँबसपार्क, माछापोखरी, बालजु, र्गोगबु, ग्रीनल्याण्ड, सल्लाघारी, सुर्यविनायक, जगाती, ग्वार्को, सातदोबाटो, महालक्ष्मीस्थानलगायत उपत्यकाको विभिन्न स्थानहरूमा सडकको वीच भागमा राखिएका छन ।

ट्राफिक नियम पालना गरी सभ्य सडक संस्कृतिको विकास गरिदिन सडक प्रयोकर्ताहरूलाई ट्राफिक प्रहरीले विशेष अनुरोध समेत गरेको छ ।