१ कार्तिक २०८३, आइतबार

सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेञ्चुरी हाईब्रिड बचत खाता सञ्चालनमा ल्याएको छ ।

यस खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन ।

सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता न्यूनतम एक लाख रुपैयाँमा नै खोल्न सकिनेछ ।

यस खातामा बैंकले ग्राहकहरुलाई भिषा डेबिट कार्ड, ईन्टरनेट बैंकिंग सेवा, मोबाइल बैंकिंग, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ ।

यस खातामा विभिन्न सेवाहरु विना कुनै शर्त खाता सञ्चालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ ।

सेञ्चुरी बैंकले आफ्ना १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।