
काठमाडौँ, १२ असार । लोक सेवा आयोगसम्बन्धी विधेयक पारित भएको छ ।
२०७६ भदौ २५ गते प्रतिनिधिसभामा पेश भएको विधेयक दुवै संघीय संसदबाट पारित भएको हो ।
यसअघि प्रतिनिधिसभाबाट २०७७ असार ७ गतै नै पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको यो विधेयकलाई राष्ट्रिय सभाले २८ भदौ २०७८ मा पारित गरेको थियो ।
आइतबार प्रतिनिधिसभाले राष्ट्रियसभाले संशोधनसहित पारित गरेको विधेयकलाई स्वीकार गरेको हो ।
योसँगै लोक सेवा आयोगसम्बन्धी विधेयक संघीय संसद (दुबै सदन)बाट पारित भएको छ र संसद भित्रको कानुन निर्माणको प्रक्रिया पूरा भएको छ ।
अब सभामुख हुँदै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउनेछ ।















प्रतिक्रिया