१ कार्तिक २०८३, आइतबार

उपत्यकाका यी ९ स्थानमा हैजा संक्रमण पुष्टि

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ असार । काठमाडौँ उपत्यकाका ९ स्थानमा हैजा संक्रमण पुष्टि भएको छ ।

नैकाप र पाटनमा थप एक–एक जनामा हैजा देखिएसँगै संक्रमितको संख्या पनि १० पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चर रिपोर्ट आउन बाँकी छ ।

नैकापका बिरामीमा भने कल्चर रिपोर्ट पनि पोजिटिभ आएको कार्यालयले जनाएको छ ।

यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

विज्ञहरुले सतर्कता नअपनाए महामारीकै रुपमा हैजा संक्रमण फैलन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।