१ कार्तिक २०८३, आइतबार

राजीनामा बुझाएका मन्त्री आलेले पत्रकार सम्मेलन गर्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असार । पर्यटनमन्त्री प्रेम आलेले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा पत्र बुझाएका आलेले अहिले साँझ ५ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

उनले आज राष्ट्रिय सभाको बैठकमा जवाफ पनि दिएका थिए ।

जेठ २२ गते नेकपा एसले मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । तर त्यसको निर्णयविरुद्ध आलेसहितका सांसदहरु लागेका थिए ।

तर आलेले अचानक अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएका हुन् ।