१ कार्तिक २०८३, आइतबार

गठबन्धन टुट्न सक्छः वर्षमान पुन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १२ असार । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले गठबन्धन टुट्न सक्ने चेतावनी दिएका छन् ।

उनले सम्मानजनक अवस्था नभए सत्तारुढ गठबन्धन टुट्न सक्ने धारणा राखेका हुन् ।

सिन्धुपाल्चोकको चौतारामा शनिबार आयोजित माओवादीका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै नेता पुनले स्थानीय तहको चुनावमा कांग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरुसंग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरुसंग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने र जसरी हुन्छ जित्ने चलाखी गरेको तर्क गरे ।

नेता पुनले भने, ‘स्थानीय तह निर्वाचनमा कांग्रेसले गठबन्धनको नाउँमा चलाखी गरेको देखियो। आफू जित्ने ठाउँमा माओवादीलाई अरुसंग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरुसंग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने गरेको देखियो। अब आउने निर्वाचनमा कांग्रेसको त्यस्तो चलाखी चल्दैन ।’

नेता पुनले कांग्रेसको चलाखीका बाबजुत अझै पनि कांग्रेससँगको गठबन्धनको औचित्य नसकिएको टिप्पणी गरे ।

अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरु रहे पनि सम्मनजनक गठबन्धन भएन भने गठबन्धन टुट्न पनि सक्ने उनले चेतावनी दिए ।

बाम गठबन्धनलाई जनताले चाहेको र रुचाएको भएपनि राज्यको प्राथमिकता छोडेर कम्युनिस्ट भएर धार्मिक अन्धतामा मात्र रमाउने र स्वच्छाचारीओलि प्रवृत्तिका कारण बाम गठबन्ध अहिले संभावना नभएको बताए ।

स्थानीय तहको निर्वाचनको परिणाम माओवादीले सोचेभन्दा केही कम आएपनि माओवादी केन्द्र भरोसायोग्य पार्टीको रुपमा जनताको बीचमा स्थापित भएको र जनताले बिश्वास पनि गरेको उनले बताए ।