१ कार्तिक २०८३, आइतबार

अफगानिस्तानमा शक्तिशाली भूकम्पः एक हजार बढीको मृत्यु, कयौँ घाइते

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल, १२ असार । अफगानिस्तानमा आइतबार विहान शक्तिशाली भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको छ ।

अफगानिस्तानको खोस्ट शहरबाट ४० किलोमिटर टाढा केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पमा परी १ हजार जना भन्दा बढीको मृत्यु भएको छ भने १५ सयभन्दा बढी घाइते भएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा बिहानैदेखि सेनाको टोलीले उद्धार कार्य जारी राखेको छ । यसका साथै आपतकालिन एजेन्सीहरूलाई पनि सहयोगका लागि अपील गरिएको छ ।

उद्धार कार्य जारी रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । सरकारले आपतकालीन एजेन्सीहरूलाई यस क्षेत्रमा थप विनाश रोक्न टोली पठाउन अपील गरेका छन् । –एजेन्सी