२ कार्तिक २०८३, सोमबार

चीनको ग्वाङ्सीमा भारी वर्षापछि आएको बाढीबाट ३८ लाख नागरिक प्रभावित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, १२ असार । चीनको दक्षिणी क्षेत्र ग्वाङ्सी झुआङमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण करिब ३८ लाख नागरिक प्रभावित भएका छन् ।

त्यहाँ ३७ लाख ५० हजारभन्दा धेरै बासिन्दा प्रभावित भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ग्वाङ्सीले यस वर्षको वर्षा ऋतुको सामना गरिरहेको छ । त्यहाँ पटक–पटक भारी वर्षा हुँदै आएको छ । औसत वर्षा ४९० दशमलव ८ मिलिमिटरमा रेकर्ड गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा १ दशमलव ६ गुणा बढी वर्षा भएको हो ।

बाढी÷पहिरो र वर्षाका कारण आएको विपत्तीले ३ हजार ४ सय ३६ घरहरू डुबानमा परेका छन् । १ लाख ५९ हजार ३ सय हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको अनुमान छ । बाढी नियन्त्रण राहत केन्द्रीय कार्यालयका अनुसार ग्वाङ्सीमा यस वर्ष अझै धेरै भारी वर्षा र आँधी आउनसक्ने पूर्वानुमान गरिएको छ । एजेन्सी