बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

काठमाडौंमा लोकदोहोरी गायिका दिलमायाको हत्या कि आत्महत्या ? हेर्नुस सुसाइड नोट

दैनिक नेपाल २०७९ असार ११ गते २१:३५

काठमाडौँ, ११ असार । लोकदोहोरी गायिका दिलमाया सुनार मृत अवस्थामा भेटिएकी छन् ।

शनिबार विहान काठमाडौँको बानियाटारस्थित डेरामा उनी मृत भेटिएकी हुन् । उनको सामाजिक सञ्जालमा सुसाइड नोट समेत भेटिएको छ । तर, घटनास्थलको प्रकृति हेर्दा उनको हत्या हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

सुर्खेत मालारानी स्थायी घर भएकी सुनार एक दशकदेखि लोकदोहोरी गायनमा सक्रिय थिइन् । करिब ३० वर्षीया गायिका सुनारको मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्य श्रेष्ठ रहेका छन् । उनलाई हनुमानढोकामा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठ शनिबार विहान २ बजे मृतक सुनारको डेरामा गएका थिए ।

घटना रहस्यमय भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको गायिका टिका पुनले दैनिक नेपाललाई जानकारी दिइन् ।

त्यस्तै, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका उपमहासचिव शिव हमालले सत्यतथ्य तत्काल बाहिर ल्याउन आग्रह गरेको दैनिक नेपाललाई जानकारी दिए । उदयीमान गायिका सुनारको मृत्यु प्रकरणले लोकदोहोरी क्षेत्र स्तब्ध बनेको छ ।

यस्तो छ गायिका सुनारको सामाजिक सञ्जालमा भेटिएको सुसाइड नोटः

नमस्कार सबै जनामा र सबैलाई मिठो सम्झना छ । यो जिन्दगिको उतावचढाव धेरै भोगेँ तर जब म जान्ने भएँ अनि म एक्लो भएँ र कसैको माया पाउन जति कोसिस गरे पनि पाउन सकिनँ । तर पनि हार खाईनँ तर अहिले धेरै गाह्रो भयो । म बाँचेर पनि दिनदिनै मर्न सकिनँ । आमा तिम्री छोरी धेरै थाकिछे । जिन्दगिको मोड धेरै अप्ठेरा आए पार पनि गरेँ । मैले गरेजस्तो लाग्दैन । जसलाई राम्रो गर्छु भने पनि भएन । म कहाँ जाउँ आमा दुःख पोख्न माइत आउँ भनी तिमलाई थाहा छ सबै कुरा भित्रभित्रै मोरेर बाँचेछु । आमा म नभएर केभो त ४ बैनी छोरी अरस छन् । मन बुजाउनु नरुनु आमा । छोरा तिमीलाई धेरै पढाउने मन र ठूलो मान्छे बनाउने मन थियो छोरा सकिनँ । तिमी जसरी भएपनि ठूलो मान्छे बन्नु है । म नभए तापनि मेरो आशीर्वाद सधैँ तिमीसित हुनेछ । बैनी हर्ष आमालाई गालि नगर्नु । आमा बाँच्दासम्म मेरो कमि हुन नदिनु । मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनु जसले भए पनि । र म थाकेँ धेरै थाकेँ अब म बाँच्न सक्दिनँ यो दुनियाँ धेरै स्वार्थी छ र म आफ्नो ईच्छाले यो कदम उचालेकी छु । र कसैलाई दोष छैन । र कसैले खोजी नीति पनि नगर्नु र मलाई पोष्टमार्टम पनि नगर्नु । म शीत पैसा छैन । म शीत थोरै सुन छ । त्यो सुन बेचेर पैसा मेरो छोरालाई दिनु । घरबेटीहरुलाई कसैले केही नगर्नु र अरसलाई पनि कसैले केही नगर्नु र मेरो लाश जसरी हुन्छ घरसम्म पुर्‍याइदिनु अप्ठ्यारोमा मेरो छोरालाई हेर्दिनु । छोरा चिन्ता नगर्नु है यही सम्झिनु मेरो आमा सानैमा मरेको हो भनेर मन बुजाउनु सबैले मलाई कायर भन्नुहुन्छ होला र मलाई बाँच्न अति गाह्रो भयो । कतिबेला के हुन्छ थाहा छैन मेरो जीवन ।

प्रतिक्रिया
सम्बन्धित