१ कार्तिक २०८३, आइतबार

माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन प्रदान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असार । माछापुच्छ्रे बैंक लिमिटेडले खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ नगरपालिका स्थित प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गरेको छ ।

बैंकद्वारा शनिवार हलेसी तुवाचुङस्थित प्रसिद्ध हलेसी मन्दिरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि तुवाचुङ नगरपालिका प्रमुख विमला राई एवं हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख रमेश कुमार राउतको उपस्थितीमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले मेसिन प्रदान गरेका हुन् ।

हाल हलेसि मन्दिरमा दैनिक रुपमा सयौँ दर्शनार्थीहरु दर्शन गर्न आउने भए पनि मेसिनको अभावमा एक दिनका के कति दर्शनार्थी दर्शन गरे भन्ने कुराको रेर्कड मन्दिरसंग नभएकाले बैंकले भक्तजनको संख्या गन्ने मेसिन हस्तान्तरण गरेको हो ।

बैंकले प्रदान गरेको मेसिनमा सिसि टिभि क्यामेरा जडान गरिएको हुनाले उक्त मेसिनले भक्तजनको संख्या गन्नुका साथै मन्दिरको सुरक्षामा समेत सघाउ पुर्याउने छ ।

आन्तरिक पर्यटकको लागि आर्कषणको केन्द्रको रुपमा रहेको प्रसिद्ध हलेसि मन्दिरको संरक्षण र प्रर्वद्धनको लागि बैंकले मन्दिरलाई उक्त मेसिन हस्तान्तरण गरेको हो ।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।