
काठमाडौँ, ११ असार । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन् ।
श्रीवास्तव शनिबार अपरान्ह नेपाल आइपुगेका हुन् ।
विनयमोहन क्वात्रा विदेश सचिव बनेर भारत गएपछि रिक्त राजदूतमा श्रीवास्तव नियुक्त भएका हुन् ।
भारतको विदेश मन्त्रालय अन्तर्गतको पूर्वएशिया डेस्कमा काम गरेका उनी चीन मामलाका जानकारका रुपमा चिनिन्छन् ।















प्रतिक्रिया