१ कार्तिक २०८३, आइतबार

कर्णाली नदीमा डुबेर बालिकाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असार । कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। टीकापुर नगरपालिका-६ सिम्रेनीकी १२ वर्षीया ज्योती घर्तीमगरको कर्णाली नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो उनी नदीमा नुहाउन गएकी थिइन्। त्यसक्रममा उनी नदीमै बेहोस भएपछि डुबेकी थिइन्। उपचारको लागि उनलाई टिकापुर अस्पताल लगिएको थियो।त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।