शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मौलिक रत्यौली गीत ‘बुहारी’ सार्वजनिक, यस्तो छ म्युजिक भिडियो

दैनिक नेपाल २०७९ असार ११ गते ९:४२

काठमाडौं । गायक अर्जुन पन्त र गायिका सम्झना मगरले नयाँ गीत लिएर स्रोता माझ आएका छन् ।

गायक पन्तको स्वरमा ‘बुहारी’ बोलको गीतमा गायक अर्जुनको शब्द तथा संगीत रहेको छ । मौलिक लोक लयमा आधारित रत्यौली गीत भएकाले पनि आम दर्शक तथा स्रोताले मन पराउनेमा आशावादी रहेको गीतका सर्जक पन्तको विश्वास छ । एम थापाले गीतलाई एरेन्ज गरेका छन् ।

पन्तले निर्देशन गरेको म्यूजिक भिडियोमा सन्जु पौडेल, अर्जुन पन्त, विकाश राज पौडेल, निर्मल पौडेल, अर्पण परियार ‘जिरे’ले अभिनय गरेका छन् ।

सूर्य केसीको छायांकन तथा प्रकाश एसके को सम्पादनमा भिडियो तयार पारिएको हो ।

प्रतिक्रिया
सम्बन्धित