
मोरङ, ११ असार । मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित रानी भन्सार कार्यालयको २ नम्बर ढाँट सीमा क्षेत्रबाट प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भई हाल झापाको बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्ने २३ बर्षीय हिराकुमार सहनी र बाराको कोल्वी नगरपालिका–४ की १९ बर्षीया सिरिसा सिंह महथा छन् ।
उनीहरूले असार ५ गते बेलुकी ७ बजे बिराटनगरको रानी सीमा क्षेत्रबाट झापा बिर्तामोडकी १३ बर्षीया नावालिकालाई भारततर्फ लैजादै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूको अनुसन्धानको क्रममा वेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजादै गरेको खुल्न आएको छ ।
पक्राउ परेका दुवै जनाको मानव वेचबिखन तथा ओसारपसार मुद्दामा समोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । – खेमराज खनालबाट















प्रतिक्रिया