१ कार्तिक २०८३, आइतबार

नेपाल खेलकुद महासंघ स्याङ्जाको अध्यक्षमा खड्का निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, ११ असार । नेपाल खेलकुद महासंघ स्याङ्जाको अध्यक्षमा मनोज खड्का निर्वाचित भएका छन् ।

शुक्रबार स्याङ्जामा सम्पन्न महासंघको दोस्रो जिल्ला अधिवेशनले खड्काको अध्यक्षतामा २९ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले सम्झना थापा र सालिकराम न्यौपानेलाई उपाध्यक्ष चयन गर्‍यो भने राजु ख्याम काफ्ले सचिव चुनिएका छन् । त्यसैगरी सहसचिवमा विमल परियार तथा कोषाध्यक्षमा चन्द्रकान्त पौडेल निर्वाचित भए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्य प्रसाद गैरे ‘पारस’को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनलाई एमाले प्रदेश कमिटी सदस्य सुधीर पौडेल तथा नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य कपिल न्यौपाने, महासंघ केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज मोहन गुरुङ र राष्ट्रिय परिषद सदस्य अकं घर्ती मगरलगायतले सम्बोधन गरेका थिए ।

नवनिर्वाचित कमिटीलाई महासंघका स्थायी कमिटी सदस्य कपिल न्यौपानेले पद तथा गोपनीयताको सपथ गराएका थिए । सम्बोधनकै क्रममा न्यौपानेले आगामी मङ्सिर १४ गते महासंघको स्थापना दिवसका अवसरमा देशव्यापी खेलकुद महोत्सव गरिने जानकारी दिए ।