५ कार्तिक २०८३, बिहिबार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरू हुँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरू हुने भएको छ ।

भोलिसम्म चल्ने बैठकमा पालिका चुनावको समीक्षा, आउँदो कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, चुनावमुखी कार्ययोजनाका विषयमा छलफल गरिने बताइएको छ ।

मन्त्री फेरबदलको विषयमा विवाद बढ्दै जाँदा पार्टीको केन्द्रीय कमिटी बैठक शुरू हुन लागेको हो ।