
काठमाडौं, १० असार । नेकपा (एकीकृत समाजवादी) ले आफूले फिर्ता बोलाएका मन्त्रीहरुलाई हटाएर सिफारिस गरिएकाहरुलाई मन्त्री नबनाए गठबन्धन छोड्ने चेतावनी दिएको छ ।
शुक्रबार भएको पार्टीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले यस्तो बताएका हुन् ।
नेकपा एसले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउन गरेको निर्णय एक महिना हुन लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन गरेका छैनन् ।
निर्णय कार्यान्वयन नगरिए गठबन्धनमा रहनुको औचित्य नभएको बताए । उनले आफूहरुलाई अपमान गरिएको भन्दै मन्त्रीहरुले पनि निर्णय मान्नुपर्ने जिकिर गरेका थिए ।
यसै विषयमा बैठकमा आज चर्काचर्की समेत भएको छ ।
अध्यक्ष नेपालले मन्त्रीहरुलाई निर्णय मान्न भनेपछि उनीहरुले अस्वीकार गरेका थिए ।
मन्त्रीहरुले टार्न खोजेको आरोप लगाएपछि नेपालमाथि सांसदहरु खनिएका थिए ।
बैठकमा नकेपा एसका संसदीय नेता परिवर्तनको चुनौती आएको बताइएको छ ।
अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन गर्न दवाव दिँदै आएका छन् ।















प्रतिक्रिया