
काठमाडौँ, १० असार । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र पर्यटनमन्त्री प्रेम आलेबीच चर्काचर्की भएको छ ।
शुक्रबार भएको पार्टी बैठकमा उनीहरुबीच चर्काचर्की भएको हो ।
बैठकमा अध्यक्ष नेपालले पार्टीको निर्णय सबैले मान्नुपर्ने र पहिले गरेको समझदारी पालना गर्नुपर्ने बताएका थिए ।
उनले मन्त्रीहरु परिवर्तनलाई स्वभाविक मान्नुपर्ने भनेर ठूलो स्वर गरेपछि पर्यटनमन्त्री आले पनि जंगिएका थिए ।
आलेले कुबेलामा मन्त्री हटाउने खोजिएको भन्दै झर्केका थिए ।
उनले संसदीय दल नेता परिवर्तन गर्नेसम्मको चर्चा चलाएका थिए ।















प्रतिक्रिया