
काठमाडौँ, १० असार । संसदीय समितिले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर घटाउन सरकारलाई निर्देशन दिएको छ ।
उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको कर घटनाउन निर्देशन दिएको हो ।
‘पेट्रोलियम पदार्थको चरम मूल्यबृद्धिबाट पर्न गएको असरलाई तत्काल न्यूनीकरण गरी जनतालाई राहत उपलब्ध गराउन विद्यमान अन्तर्राष्ट्रिय परिवेशबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य नहुने अवधिसम्मका लागि नेपाल सरकारले नेपाल आयल निगमसँग विभिन्न शीर्षकमा लिँदै आएको करलाई ५० प्रतिशतले घटाउन निर्देशन दिने’, समितिको निर्णयमा भनिएको छ ।
कर घटेमा पेट्रोलियम पदार्थको मूल्य घट्ने देखिन्छ ।















प्रतिक्रिया